प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो भिडन्त, अछाम जिल्ला इन्चार्ज घाइते !

जनालय न्यूज
१२ चैत्र २०७५, मंगलवार २१:५६

 

काठमाडौँ । सरकार र विप्लवबीच दुरी बढ्दै गएको छ । आज अछाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

अछामको रामारोशन गाउपालिकाको बाटुलसैनाको झातामा दोहोरो गोली हानाहान भएको हो । रामारोशनमा विप्लवका कार्यकर्ता रहेको भन्ने सुचनाका आधारमा प्रहरी त्यहा पुगेपछि उनीहरुबीच गोली हानाहान भएको डिएसपी जनक शाहीले जनाएका छन् ।

शाहीका अनुसार विप्लवका कार्यकर्ताले गोली चलाएपछि जवाफी फायर गरेको दाबी गरेका छन् । यस्तै, गोली हानाहान भएपछी प्रहरीले विप्लवका केहि कार्यकर्ता पक्राउ परेको स्रोतले जनाएको छ । भने, प्रहरीसंगको दोहोरो भिडन्तमा अछाम इन्चार्ज सामान्य घाइते भएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*