किरा फट्यांग्रा देखि ज्युदै सर्प,भ्यागुता, गड्यौला खान्छन् बेफुराम चौधरी (भिडियो सहित)

लक्ष्मण रसाईली
१० बैशाख २०७६, मंगलवार १६:५७

बर्दिया । तपाईं सर्प देखेपछि ज्यान जोगाउन भाग्नु हुन्छ होला । जुका, गड्यौला, किरा फट्यांग्रा देखे पछि घिन मान्नु हुन्छ । तर नेपाल कै एउटा यस्तो व्यक्ति जो सर्प समातेर काचै खाइ दिन्छन् । मुसा, छेपारा, गड्यौला, भ्यागुता त सामान्य नै भइ हाले ।
बर्दियाको शन्ति बजारका ४४ वर्षीय बेफुराम थारु । जसले सर्प, किरा, फट्याङ्ग्रा, गड्यौला, जुका न्याउरी मुसा लगायत सम्पूर्ण चिज काचै खान्छन् । जसका कारण उनी बेफुराम भन्दा पनि कच्चा चौधरीको नामले परिचित छन् ।
कच्चाको यो अनौठो बानीले उनी गाउँघरमा छी छी र दूर दूरको सामना गरिरहेका छन् । तर उनी भने आफ्नो व्यवहारमा अभ्यस्त भइसकेका छन् । यी खानेकुराका पारखी भइसकेका छन् । छोड्न सक्दैनन् । सर्प, भ्यागुता, किरा, गड्यौला लगायतका कुराहरु उनी कहिले र किन खान थाले ? बाकी उनि संग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुस :