स्टुडियोबाट माइक फाल्दै बाहिरिए उप-प्रधानमन्त्री यादब -भिडियो हेर्नुस

जनालय न्यूज
३० बैशाख २०७६, सोमबार ११:२५

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएका छन् । आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितता बारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गर्दै स्टुडियोबाट बाहिरिएका हुन् ।

कार्यक्रम प्रस्तोता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए । समाजवादी पार्टीले नेपाली जनतालाई के दिन्छ ? भनेर प्रश्न गरेपछि यादव जंगिए । उनले तपाईको प्रश्न गर्ने ढगं पनि बुझिएन भनेर उत्तर दिए । यही कुरामा कार्यक्रम प्रस्तोता र अतिथिबीच शिष्टताको विषयमा चर्काचर्की नै भयो ।

प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि उनले सिधा सिधा जवाफ दिन नमानेपछि कार्यक्रम प्रस्तोताले जवाफ दिनुहुन्न भने स्टुडियोबाट बाहिरिन सक्नुहुन्छ भनेका थिए ।

सरकारका जिम्मेवार मन्त्रीले सञ्चार माध्यमको सामना गर्न नसक्नु र मुलधारको संचार माध्यमले अतिथि बोलाएर कुराकानीकै क्रममा तपाईं कार्यक्रमबाट बाहिरिन सक्नुहुन्छ भन्नु दुवैको गैरजिम्मेवारपन भएको टिका टिप्पणी सामाजिक सञ्जाल र संचार माध्यममा भइरहेको छ ।

हेर्नुहोस् भिडियो