हेटौंडाको चौकिटोलमा ट्रक जलाईयो

जनालय न्यूज
१३ जेष्ठ २०७६, सोमबार ०८:०८

हेटौंडा । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ ।

त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।

यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उनले बताए ।

सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए । बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ ।

यस्तै

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ ।

आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो । विष्फोटक पदार्थ निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोली बोलाइएको थियो ।