चलचित्र “अधुरो”को बुलबुले ताल गित र टिजर सार्वजनिक ( भिडियो सहित )

जनालय न्यूज
२८ जेष्ठ २०७६, मंगलवार २०:१४

सुर्खेत -नेपाली सामाजिक कथानक चलचित्र ‘अधुरो’को गित र टिजर सार्वजनिक गरिएको छ । सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सोमबार एक कार्यक्रमका बिच सुर्खेतमा सार्वजनिक गरिएको हो ।

चलचित्र अधुरोको सुर्खेतको बुलबुले ताल भन्ने बोलको गित र चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गितमा सुर्खेतकै चर्चित कलाकार टिका पुन र शिव संगित को आवाज रहेको छ भने गाविन्द विश्वकर्माको शव्द संगित रहेको छ ।

कर्णाली प्रदेश तथा देशकै कु–संस्कारका रुपमा रहेको बालविबाह र वालविवाह पछिका सामाजीक तथा पारिवारीक समस्या लगायत विविध पक्षहरुका विषयमा कथा वस्तू रहेको छ । वाल विवाहका साथै नेपाली समाजको मनोविज्ञान, जातिय उत्पीडन, घरेलु हिंसा, महिला हिंसाका बारेमा पनि चलचित्रले बालेको चलचित्र ‘अधुरो’ का निर्माता राजेन्द्र खड्का जलनले जानकारी दिए ।

सामाजिक अभियान्ता प्रमिला खड्काको कथा, किरण शर्माको पटकथा र राजेश कुमालको निर्देशन र गोविन्द बिश्वकर्माको शब्द/संगित रहेको अधुरोमा किरण शर्मा, सुनिता सुनार, धर्मराज जिसी, राजेन्द्र खड्का, सिरिष श्रेष्ठ, निर्मला स्वर्णकार, बिक्रम बर्मा, भुमिका परियार, सलोनी कुस्मी, ईन्दिरा श्रेष्ठ, लगायत सुर्खेतका स्थानिय कलाकारको अभिनय रहेको छ । दृष्य सम्पादन सुवास गौतमले गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलविर सुनारले करौंडौ खर्चेर परिवर्तन हुन नसकेको संस्कार र विकृति विसंगती यस्ता सामाजिक चलचित्रले परिवर्तन ल्याउन सक्ने भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सुर्खेतका कलाकारहरु , सामाजिक अभियान्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

भिडियो यहाँ हेर्नुस :-