डोल्पामा नियन्त्रणमा आएन टाइफाइडः १५ शैयाको अस्पतालमा २५ जना भर्ना (भिडियो हेर्नुस)

एक दर्जन स्वास्थकर्मी थला,जहाज नआउँदा नेपालगञ्ज मै रोकियो औषधी
रामचन्द्र न्यौपाने
२७ असार २०७६, शुक्रबार १०:५५

डोल्पा २६ असार
डोल्पामा एक साता देखि सुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन् ।दिनप्रति दिन जिल्ला अस्पतालमा बिरामि चाप बड्न थाले पछि टाइफाइड नियन्त्रणमा आउन न सकेको हो ।
बिरामीहरुको चाप बढेपछि पन्ध्र शैयाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराई रहेको जिल्ला अस्पतालले जनाएको छ ।केही दिन अगाडि मात्रै २१ जना बिरामिले बेड मै उपचार गराइरहे पनि अहिले बढेर २५ जना पुगेका हुन् ।
आज भोली दैनिक उपचार गराउन आएका चार देखि पाँच जना बिरामि मध्ये दुइ देखि तीन जनालाई बेड मै राखेर उपचार गराउनु पर्ने देखिएको अस्पतालले जनाएको छ ।बिरामी हुनेमा अधिकाशं ठुलीभेरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारण रहेका छन् ।
अस्पतालमा पर्याप्त बेड नहुँदा पन्ध्र जनालाइ बेडमा र दश जनालाइ भुइ मै राखेर उपचार गर्राइ रहेको डाक्टर सजन रावलले जानकारी दिनुभयो ।बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत अस्पताल क्वाटरमा बस्दै आएका स्वास्थकर्मीको बेड ल्याएर उपचार गराइ रहको समेत उहाँले बताउनुभयो ।
“बिरामीको उपचारको लागि स्वास्थकर्मी रातभर जागा बस्छन्,उनिहरुको बेडसेट प्रयोग गरेर उपचार गराइरहेका छौ” डाक्टर रावलले भन्नुभयो ।
ठुलीभेरी नगरपालिकाले उपलब्ध गराउने भनेको १० बेड मध्ये पाँच बेड पुगिसकेको अस्पतालले जनाएको छ ।टाइफाइडको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेको बताउँदै प्रदेश,केन्द्रमा समेत जानकारी गराइ सकिएको डा.रावलले बताउनुभयो ।
यसैगरि दिनप्रति दिन बिरामी बढ्दै गए टाइफाइडले ठुलो रुप लिनसक्ने खतरा रहेको बताउँदै रोकथामका लागि स्थानीय,प्रदेश र केन्द्र सरकार गम्भिर हुनुपर्ने डा.रावलको भनाई छ ।
तीन दिन देखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्ज मै रोकिएको छ ।बिरामीको चाप बढ्दै गएकाले औषधि भने सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
एक दर्जन स्वास्थकर्मी थला
डोल्पामा फैलिँदै गएको टाइफाइडको प्रकोपले सर्वसाधारण मात्र होइन स्वास्थकर्मी समेत थला परेका छन् ।दैनिक टाईफाइडका बिरामीहरुको उपचारमा लागि खटिएका एक दर्जन डाक्टर,नर्स र अन्य कर्मचारी आफै टाईफाइडले थलिएका छन ।
प्रत्येक दिन अस्पतालमा भर्ना हुने टाईफाइडका बिरामीहरुसँगै अस्पतालाका स्वास्थ्यकिर्महरु समेत थला पर्न थालेपछि उपचार गर्ने कर्मचारीहरुको कमि हुदै आएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत दुई जना मध्य डाक्टर भिमबहादुर बुढा बिरामी परेका छन् ।
त्यसै गरि एक नर्स दिलु बुढा,सि.एम.ए गंगा ओझा,अ.न.मि पुष्पा ओली,झुमा हमाल,ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दिलिप रोकाया लगायत एक दर्जन कर्मचारी आफै बिरामी परेका छन ।
टाइफाइडका कारण स्वास्थका कर्मचारी नै थला परेपछि उपचारमा समस्या भएको छ भने ओपीडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन् । जिल्लाका बिभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डाक्टर रावलले जानकारी दिनु भएको छ ।
दुषित पानीका कारण रोग फैलँदै गएकाले पानी शुद्धिकरण गरेर मात्र पानी पिउन चिकित्कहरुले सुझाब दिएका छन् ।टाइफाइडको प्रकोप नियन्त्रणका लागि जिल्ला उद्योग बाणिज्य संघको पहलमा पानी शुद्धिकरणका लागि एक घरलाइ एक महिना पुग्ने पियुस मगाएर बितरण गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिनु भयो ।
तीन दिन देखि उडान नहुँदा पियुस नेपालगंञ्जमा आएर थन्किएको समेत उहाँले बताउनुभयो ।अन्य ठाउँभन्दा वडा नं ३ मा टाइफाइडका बिरामि धेरै भएकाले पियुस आएपछि प्रत्येक घरधुरीमा बितरण गरिने प्रजिअ केशरीले जानकारी दिनुभयो ।
त्यसैगरि अन्य नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ कर्मचारीहरुलाइ जिल्ला अस्पतालमा काजमा खटाउन समेत पहल गरिरहेको बताइएको छ ।

डोल्पामा नियन्त्रणमा आएन टाइफाइडःबिरामि बढ्दै,औषधि घट्दै

डोल्पामा नियन्त्रणमा आएन टाइफाइडःबिरामी बढ्दै,औषधी घट्दै१५ शैयाको अस्पतालमा २५ जना भर्ना-एक दर्जन स्वास्थकर्मी थला,जहाज नआउँदा नेपालगञ्ज मै रोकियो औषधी-रामचन्द्र न्यौपाने

Gepostet von Janalaya Television am Donnerstag, 11. Juli 2019