सेवाग्राही सँग शासकीय शैली प्रयाेग गर्छन डाेल्पाका कर्मचारी

रामचन्द्र न्यौपाने
२७ असार २०७६, शुक्रबार १२:०२

डोल्पा २७ असार
जनतालाइ हँसिलो चेहरामा सेवा प्रवाह गर्नु कर्मचारीको अनुशासन भित्र पर्दछ ।तर डोल्पाका केही कर्मचारीको हकमा भने यो कुरा लागु हुँदैन् ।यहाँको एक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतको प्रस्तुति शैलीले सेवाग्राहिले त्रासपुर्ण वातावरणमा सेवा लिनुपर्ने बाध्यता छ ।त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत सुब्बा पदका प्रमुख प्रशासकिय अधिकृत हिराचन्द्र धरालाले बिभिन्न सेवा ग्राहिसँग बोल्ने शैली चर्को र रुखो भएको गुनासो आउने थालेको छ ।उनको बोल्ने शैलीका कारण स्थानीय सरकारको रुपमा रहेको नगरपालिकामा सेवालिन आउने सेवा ग्राहिलाइ त्रासमा काम गराउनु परेको त्रिपुरासुन्दरी नगरपालिका १ का टिकादत्त न्यौपानेले बताए ।

जनताको करबाट तलब भत्ता खाँदै आएका कर्मचारीले सेवाग्राहिसँग शब्य भएर सेवा दिनुको सट्टा उल्टै थर्काउने शैलीबाट सेवादिनु अनुचित भएको उनको भनाइ छ ।धरलाको कामगर्ने शैली निजामति सेवाको मर्यादा बिपरित भएको बताउँदै सामान्य कुरामापनि थर्काउने गरेको नगरमा सेवा लिन पुगेका अर्का सेवा ग्राहिले गुनासो गरे ।केही दिन अगाडि मात्रै बिकास रकम भुक्तानिका लागि नगरपालिकामा जाँदा पहिले भएको सहमति अनुसार रकम भुक्तानिगर्न आग्रहगर्दा चर्को स्वरमा थर्काएको उनले बताए ।उनको काम गराउने शैलीबाट नगरपालिका भित्रै कामगर्ने कतिपय कर्मचारी समेत रुष्ट भएकाछन् ।त्यति मात्रै नभइ उनको ब्यवहारले जनप्रतिनिधिले समेत कामगर्न अप्ठेरो भएको गुनासो गरेकाछन् ।
उनले शासक शैली त्यागेरसेवा ग्राहिसँग शब्य भएर सेवा प्रवाह गर्न बिभिन्न सरोकारवाला निकायको सुझाब छ ।