जाजरकोटमा चिर्पट प्रहार गरी काकाको हत्या

जनालय न्यूज
२७ असार २०७६, शुक्रबार २०:४६

जाजरकोट –यहाँको भेरीनगरपालिका – १३ कुदुमा भतिजाको दाउरो प्रहारबाट काकाको मृत्यु भएको छ । बुधवार विहान स्थानीय गिता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकको दाउरो प्रहार गरी हत्य गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
गीताको घरमा उहाँका आफन्तले ल्याएको कोसेली ( नाँसो) खाना भाई, छोरा जम्म भएको समयमा मधिरा सेवन गरी विवाद हुँदा दाउरो प्रहार भएको प्रहरीको भनाई छ । मृतकको श्रीमती लक्ष्मी सुनारले जहेरी दिएपछि प्रहरीले मानबहादुर सुनारलाई नियन्त्रण लिएको छ ।
घटनाका आरोपित मानबहादुर सुनार पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताउनुभयो ।

-नेपालपोस्ट खबरबाट