बेदना र भाव मै सिमित छ जिन्दगी -लक्ष्मण रसाइली

लक्ष्मण रसाइली
५ श्रावण २०७६, आईतवार १८:२६

बेदना र भाव मै सिमित छ जिन्दगी
रोए कै आशुका धारामा सिमित छ जिन्दगी
कसैले भन्छ निस्वार्थ भाव तिम्रो
लक्ष्मणको कर्म आवाज तरङ्गमा बग्छ जिन्दगी
मीठो मसिनो खान चाडपर्व कुर्नु पर्ने
सिस्नो अनि ढिडोमा सिमित छ जिन्दगी
मेरो सामु महँगो देखाउछन कसैले
घर छैन गल्लीमा सिमित छ जिन्दगी
हुने खानेले भन्छ तँ गरिब काले
बिचित्र भावमा ब्यथित छ जिन्दगी
महलको ब्यन्जनमा मस्ती छ कसैलाई
मकैको दानामा सिमित छ जिन्दगी
पेशादायी कर्ममा व्यथित एउटा म
प्यास हैन भोक पनि पचाउदै छ यो जिन्दगी
रोएर पनि मन्द देखिने मुटु यो
रुवाउन हैन मलम बन्न मै व्यस्त यो जिन्दगी ।