पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

जनालय न्यूज
१५ श्रावण २०७६, बुधबार १५:५१

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईलाई ४ बजे मन्त्रीको शपथ गराउने कार्यक्रम छ ।

नेकपा स्थायी समिति सदस्यभट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्।

ताप्लेजुङमा गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामारवीन्द्र अधिकारीकोमृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।