बेलायतमा पहिलो पटक २५ औं विश्व आदिबासी जनजाती दिबश मनाइयो ( भिडियो सहित )

लक्ष्मण रसाइली
१५ श्रावण २०७६, बुधबार १८:२८

काठमाडौँ -नेपाल राजदुताबास बेलायत को आयोजना र आदिबासी जनजाती महासंघ बेलायतको सहकार्यमा शनिबार बेलायत स्थित नेपाली राजदुतावासमा २५ औ बिश्व आदिबासी दिवस (रजत बर्ष) एक कार्यक्रम गरी भब्य साथ मनाईएको छ। उक्त कार्यक्रमका प्रमुख अथिती बेलायतका लागि फिलिपिनी राजदुत Antonio M. Lagdameo र विशेष अथिती बेलायतका लागि नेपाली राजदुत
डा.दुर्गा बहादुर सुवेदी अनि बरिस्ट गायक दिप श्रेष्ठ ले सयुक्त रुपमा उदघाटन गर्नु भएको थियो ।

बेलायतमा प्रथम पटक आदिबाशी जनजातिहरुको कार्यक्रम यसरि गरिएको हो । आदिबाशी जनजाती महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले पहिलो पटक नेपालि राजदुताबासले यस्तो कार्यक्रम आयोजन गरेकोमा खुसि व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा आदिबाशी जनजाति भित्र पर्ने बिभिन्न जातजातिका मौलिक सस्कृती,भेष भुषा समेत प्रदशन गरिएको थियो ।
आदिवासी जनजातिहरुको योगदानलाई कदर गर्न उक्त समारोहको आयोजना गरिएको बताउँदै राजदुत सुवेदीले नेपाल आदिवासी जनजाति महासंघका पूर्व नेतृत्वकर्ताहरु थर्क राना, सिरिप्रसाद लिम्बू, तुल छन्त्याल र वर्तमान अध्यक्ष जङ्ग सुनुवार सम्मानित हुनु भएको छ । साथै उक्त कार्यक्रममा नेपाली खानका परिकार अतिथिहरुलाई चखाइएको थियो भने विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

कहिले देखि ?
२००७ को सेप्टेम्बर १० मा आदिवासीहरुको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयूक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धिहरूको सन्दर्भमा व्याख्या गरिएको छ । २३ डिसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाकालागि दशक भन्ने नाराका साथ आव्हान गरेको थियो ।

अन्तर्रा्ष्ट्रिय कानून अनुसार आदिवासी
आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा अवस्थालाई आधार मानिएको छ ।
पहिलो अवस्था भनेको जुन भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन । त्यो क्षेत्रलाई अरुले बिजयी गर्दाको समयमा या समय पूर्वदेखि उक्त क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् ।यसरी आदिवासी जनजातिको पहिचान गर्दा प्रतिष्ठानले समुदायको सामुहिक साँस्कृतिक पहिचान, भाषा, धर्म, परम्परागत रितिरिवाज र संस्कृति , आफ्नो लिखित वा अलिखित इतिहास , परम्परागत सामाजिक संरचना समानतामा आधारित छ, ।जसको आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका छैन , समुदायभित्र हामी भावना छ, आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ, र चार वर्णको हिन्दू वर्णाश्रम व्यवस्थाभित्र पर्दैन र जो आफूलाई जनजाति भनी दावी गर्दछन् ।

अन्तर्रा्ष्टिय जगतमा समेत आदिवासी को हुन् भन्नेवारे कुनै एउटै परिभाषा बनेको छैन । तर विभिन्न देशको अनुभव र अध्ययनको आधारमा विभिन्न चरित्रहरुको किटान चाँही अवष्य गरिएको छ ।नेपालमा सबभन्दा पहिले २०४७ सालमा नेपाल जनजाति महासंघको स्थापना भयो । त्यो विधान २०५१ र २०५२ मा २०५२ सालमा समेत परिमार्जन भएको छ ।

भिडियो हेर्नुस:-