रवि लामिछानेकी श्रीमती निकिताको उजुरी प्रहरीले लिएन

जनालय न्यूज
४ भाद्र २०७६, बुधबार १५:०९

काठमाडौं :

पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ । जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन परिसर पुगेकी पौडेललाई प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ ।

प्रहरीले जाहेरी लिन नमानेपछि पौडेलले हुलाकमार्फत जाहेरी पठाउने तयारी गरेकी छन् । निकिता पौडेलले जन आस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दर्ता गराउन प्रहरी परिसर पुगेकी थिइन् । उनीहरुले सरकारी विद्युतीय अभिलेख किर्ते गरेको पौडेलको आरोप छ ।