अस्मिता कार्कीको पक्षमा अधिबक्ता मनिष श्रेष्ठले बहस गर्ने,साथ् दिन चितवन जादै

जनालय न्यूज
७ भाद्र २०७६, शनिबार ०९:०८

काठमाडौँ
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोपित रुकु भनिने अस्मिता कार्कीको पक्षमा अधिबक्ता मनिष कुमार श्रेष्ठले बहस गर्ने भएका छन् ।अस्मिता कार्की को परिवारबाट आज सम्म परिवारका कोहि पनि सदस्य किन सम्पर्क आएनन अथवा को छन् भन्ने केहि पनि कसैलाई थाहा थिएन ,तर अस्मिताको घर निकै ठुलो समस्या अथवा पिडा नै छ ।आमा अस्पतालको सैयामा छिन भने छोरी चितवन हिरासत मा छिन,घरमा भएका दाजु भाई नै आमाको उपचार स्याहार मा छन् ।पुडासैनी आत्महत्या प्रकरणमा आरोपित चितवन हिरासतमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रबि लामिछाने ,युवराज कंडेल र अस्मिता कार्की अहिले अनुसन्धानमा छन् ।अरु सबैको पक्षमा बहस गर्ने व्यक्ति आए अनि समर्थक ताती नै लाग्यो तर अस्मिताको भने आज सम्म सबैले बचन दिए पनि कसैले साथ् दिएको छैन ।उनका गोपनियता कुरा चरित्र हत्या गरी ता पनि उनि दोषी नै हुन् भन्ने फैसला चाही भएको छैन ।अस्मिताको स्मिता केहि पनि रहेको छैन ,उनीले भोलि बाच्नु पर्छ ।उनि बास्तवमा अहिले बेवारिसे झैँ बनेकी छिन ।शुक्रबार अस्मिता कार्कीका दाई जगत कार्की अस्पतालबाट अधिबक्ता मनिष कुमार श्रेष्ठ को काठमाडौँ न्यु प्लाजा स्थित कार्यालयमा गई भेटेका छन् र अधिबक्ता श्रेष्ठको टिमले सो मुद्दामा अस्मिताको पक्षमा बहस पैरवी गर्ने प्रतिबद्दता दिएका छन्। प्रेम गरेकै भर मा आज अस्मिताले आफ्नो चिरित्र नै गुमाउनु परेको छ ।आइतबार चितवन जिल्ला अदालतमा हुने बहस अस्मिता कार्कीको पक्षमा अधिबक्ता मनिषले गर्ने भएका छन् ।पारिवारीक अबस्थामा समस्याबाट पिडाबाट चलि रहेको कार्की परिवारमा साथ् दिन अधिबक्ता आफु निस्वार्थ प्रतिबद्द रहेको बताएका छन् ।आज अस्मिता होला भोलि कुनै पनि नेपालि चेलीले यस्तै पीडाको खातिर हुन्छन,त्यो समय कोहि समर्थको आडमा लडने त् कोहि बेवारिसे झैँ हिरासतमा रहनु पर्ने,”आज अस्मिताका गोपनियताका कुरा बाहिरीए ठुलो चरित्र हत्या भएको छ,उहाको लागि सबैले एकपटक साथ् दिनु पर्छ,आवाज उठाउनु पर्छ,कसैले कसैको चरित्र हत्या गर्न पाईदैन,दोषीलाई कारबाही हुनु पर्छ ,निर्दोष फस्नु हुदैन ,अस्मिताको पक्षमा हामी बोल्छौ ” अधिबक्ता मनिषले यसरी नारी पक्षमा आवाज उठाएका छन् ।