जाजरकोटबाट नेपालगञ्ज आउदै गरेको बस सुर्खेतमा दुर्घटना- ३ को मृत्यु

जनालय न्यूज
११ भाद्र २०७६, बुधबार ०७:५०

काठमाडौं । जाजरकोटबाट नेपालगञ्ज आउदै गरेको बस दुर्घटना भएको छ । ना४ख ९३१७ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको हेर्रेमा बस दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको उद्धार भइरहेको बताइएको छ ।