सांसदको शाहीको अनुगमन : उपल्लो डोल्पामा पर्यटन र कृषि बजेटमा अनियमितता

रामचन्द्र न्यौपाने
१३ भाद्र २०७६, शुक्रबार १६:०५

डोल्पा

कर्णाली प्रदेश सभा सासंद बिरहाद’र शाहीले उपल्लो डोल्पामा निर्माण भइरहेका विकास योजनाको पन्ध्र दिन स्थलगत अन’गमन गरेर फर्केका छन् ।स्थानीय,प्रदेश तथा संघिय सरकारबाट भित्रिएको बजेटमा व्यापक घोटाला भएको कुरा बिभिन्न निकायबाट उठेपछि उनले स्थलगत अनुगमन गरेका गरेका हुन् ।उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्दगाउँपालिका,शे–फोकसुण्डो गाउँपालिका,छार्काताङसोङ गाउँपालिकाका भित्रिएका सम्पूर्ण योजनाको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा अन्य विकास योजनाको काम सन्तोषजनक भएपनि पर्यटन र कृषि क्षेत्रका अधिकासं योजनामा व्यापक अनियमिता भएको पाईएको सांसद शाहीले बताएका छन् ।
“उपल्लो डोल्पामा बजेटको चरम दुरूपयोग हुन्छ भन्ने सुनेको थिए,आफै स्थलगत अनुगमन गर्दा कृषि र पर्यटनको बजेटमा अनियमितता भएको पाए ” उनले भने ।

उनले बताए अनुसार शे–फोकसुण्डोमा च्याङ्ग्राफारम स्थापना गर्ने भनेर आएको तीस लाख बजेट पनि दुरुपयोग भएको पाईएको छ त्यस्तै शे–फोकसुण्डो तालदेखि माथि पर्यटन पदमार्ग निर्माण गर्ने भनेर आएको तीस लाख बजेटमा एउटा काठको पुल मात्र बनेको पाइएको छ ।नेपालकै प्रशिद्ध ताल शे–फोकसुण्डो ताल सम्म रिङरोड जोड्ने भनेर प्रदेश सरकारले छुट्याएको करोडौँ बजेटमा समेत रकम दुरूपयोग भएको पाइएको छ ।सुलिगाड झरना देखि ताल सम्म र ताल देखि शे–गुम्बा जाने बाटोमा एक–एक करोड बजेट छुट्याइएको हो ।
जस अन्तर गत झरना देखि तालसम्मको निर्माण भएको पर्यटन पदमार्गको काम सन्तोषजनक नभएको हुँदा आर्थिक अनियमितता भएको समेत सांसद शाहीले बताएका छन् ।

तालबाट माथि शे गुम्बा जाने पर्यटन पद मार्गको काम पनि बजेट अनुसार सन्तोषजनक नभएको उनले बताए ।क्रमागत योजनाको रुपमा यस बर्ष आएको दुई करोड बजेट बिनियोजन भएको सो रकम उपभोक्ता समितिलाई जिम्मा दिइएको र उपभोक्ता समितिले पनि अन्य समूहलाई ठेक्का दिएर रकम दुरुपयोग गरेको शाहीको आरोप छ ।विकासी योजनमाआर्थिक अनियमितता गर्ने काम नरोकिए सम्म डोल्पाको विकास अझ दशबर्ष पछि धकेलिने देखिन्छ ।सबै योजनाको प्रगति विवरण टिपोट गरेर ल्याएकाले जुन योजनामा रकम दुरूपयोग भएको पाइएको छ ति सबै योजनाको छानविन हुने समेत उनले बताएका छन् ।

सरकारी कर्मचारी घर बसेर पचाउछन तलब भत्ता

उपल्लो डोल्पामा सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीको उपस्थिति एकदमै न्यून रहेको छ ।तीन वटै स्थानीय तहमा बिभिन्न सरकारी कार्यालय माकार्यरत कर्मचारीहरुले कार्य क्षेत्रमा नगएर सदरमुकाम दुनई बाटै सेवा सुबिधा लिँदै आएका छन्।
बिशेष गरेर उपल्लो डोल्पाको शिक्षा क्षेत्र विदेशी दातृ निकायको सहयोगबाट सञ्चालन भइरहेकाले पठन पाठनमा निजि शिक्षक नै सक्रिय रहेको र सरकारी शिक्षकहरु नजाने गरेको पाइएको छ ।उपल्लो डोल्पामा स्वास्थ्यको स्थिति पनि निकै नाजुक रहेको छ ।स्वास्थ्यकाकर्मचारी न जानुले कार्यालय पनि न खुल्ने र औषधि पनि न पुग्ने भएकाले स्थानीयहरु स्थानीय आम्चीमा भरपर्ने बाध्यता कायमै रहेको छ ।सरकारी जागिर खाएर पनि कार्यालयमा नगएरै तलव खाने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग छलफल गर्ने र कारबाहीको दायर भित्र ल्याउने समेत सांसद शाहीले बताएका छन् ।

क्याटो नाकाको अनुगमन

सांसद शाहीले नेपाल चिन सिमानामा पर्ने क्याटो नाकाको पनि अनुगमन गरेका छन् ।क्याटो नाका देखि साल्दाङ डोल्पासम्म सडक जोड्न कालागि शे–फ़ोक्सुण्डो गाउँपालिकाले डोजर खरिद गरेर काम सुरु गरि सकेको छ। अब चिन तिब्बत क्याटो नाका देखि उपल्लो डोल्पा सिधै सडक संजाल संग जोडिने भएको छ । भौगोलिक रुपमा ठगिएको उपल्लो डोल्पामा अझै पनि बिकाशका पुर्बधारले छोएका छैन,यहाँ राम्रो न खानेपानिको सुबिधा छ न संचार न बिधुत न त् यातायात नै । जहाँ यातायात पुगेपछि सबै सम्भब पनि छ ,नेपालबाट सडक संजालले छुनलाई पुस्तौ लाग्ने भए पछि शे फ़ोक्सुण्डो गाउँपालिकाले आफै डोजर खरिद गरेर केरुङ्ग नाका हुदै उपल्लो डोल्पाको क्याटोमा पुर्याएर सडक खन्न सुरु गरेको छ ।

सभासद शाही आफै यो सिमानामा पुगेर सडक शिल्यान्यास गरि अब निरन्तर बाटो खन्ने काम भई रहेको छ ।समुन्द्री सतह बाट करिब ५५०० मिटरको उचाईमा क्याटो नाका अबस्थित छ र यहि नाका बाट सडक खन्दै अर्को सालसम्म गाउँपालिका केन्द्र साल्दंग सम्म पुर्याउने लक्ष्य रहेको छ ।सुगम क्षेत्रमा जति यसरी बिकाश गर्न सहज छ त्यसको तिन भाग बढी यहाँ कठिन छ ।यस सडक को शिलान्यास गर्दै सभासद शाहीले आफुले सकेको सहयोग गर्ने र कुनै पनि अवस्थमा अर्को बर्ष शे- फ़ोक्सुण्डो गाउँपालिका केन्द्र सम्म बाटो पुर्याउन आफु निरन्तर लाग्ने प्रतिबद्दता जनाएका छन् ।उपल्लो डोल्पा,मुगु,जुम्ला का प्राय स्थानीय तथा व्यापारीको यो नाका भने एउटा व्यापारिक केन्द्र द्वार हो ।

जहाँ नुन देखि घरायसी सम्पूर्ण चिज तथा अन्य सामानहरु र डोल्पा जुम्लामा पाईने यार्शगुम्बाको ब्यापार पनि धेरै यहि बाट हुने गर्दछ । सरकारको रणनैतिक सडकमा समेत परेको क्याटो र मोरिम्लानाका खुलाउनका लागि जनता सडक मार्फत दुई करोड निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम बिनियोजन गर्ने बचनबद्धता सांसद शाहीले गरेका छन् ।त्यस्तै नेपाल खाध संस्थानले उपलब्ध गराउँदै आएको नुन क्याटो नाका मै बेवारिसे फालिएको छ ।भोटबासीहरु नुन नपाएर सास्ती भोगि रहँदा जनप्रतिनिधि र मिलेमतोमा लापरवाही गरेर लाखौ रकम बराबरको नुन नाकामा बेवारिसे फालिनु अत्यतै दुखद भएको र यस्तो कार्य गर्ने लाई खोजनिधि गर्ने र सम्बन्धित निकयालई ध्यानाकर्षण गराई कारबाही गरिने समेत बताएका छन ।

जति हामि सेतो देख्छौ नुन यसरी नै छताछुल्ल फालिएको छ/

उपल्लो डोल्पामा विकास योजना अनुगमन यात्राका यस्ता दृश्यहरु –

                                                                                                                                                                                          तस्बिर :- लक्ष्मण रसाइली “समर्पण “