अञ्जली अधिकारी र मेलिनालाई मध्य रातमा कल्ले बोलायो ? भिडियो हेर्नुस

जनालय न्यूज
१९ भाद्र २०७६, बिहीबार १८:५७

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित कलाकारहरु संयुक्त प्रस्तुति ‘कल्ले बोलायो’ सार्वजनिक भएको छ । सुर्खेतका युवा समाजसेवी लोकेस खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति युट्युव मार्फत सार्वजनिक गरिएको हो । वर्तमान ट्रेन्डअनुसार तयारी गरिएको गीतमा यो समयमा चर्चिक गायक गायिको आवाज रहेको छ । भिडियोमा पनि चर्चित मोडलहरु रहेका छन् ।

रुद्र जिएमको लय शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर रहेको छ ।म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् ।नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् ।

आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन ।भिडियो यस्तो छ हेर्नुस:-