प्रदेश नम्बर ३ को अपेन किड्स गट ट्यालेन्ट हुदै,गट ट्यालेन्टको तयारी पुरा

जनालय न्यूज
२६ भाद्र २०७६, बिहीबार १९:३२

काठमाडौं

पूर्व प्राथमिक विद्यालयहरुको छाता संगठन एसोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल प्रदेश नम्बर ३ ले अपेन किड्स गट ट्यालेन्ट सिजन वान आयोजना गर्ने भएको छ ।  पूर्व प्राथमिक विद्यालयहरुको छाता संगठन एसोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल अपेन प्रदेश नम्बर ३ को आयोजनामा अपेन किड्स गट ट्यालेन्ट सिजन वान हुने भएको छ । यहि भदौ २८ गते शनिवार जावलाखेलमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रमबारे बुधवार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । आयोजकले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका प्रि स्कुलहरु बाट ५ बर्ष मुनिका ५५० जना भन्दा बढि बालवालिकाहरुले आफ्नो ट्यालेन्ट प्रस्तुत गर्ने छन् । अपेनले पहिलो पटक गर्न लागेको उक्त कार्यक्रममा बालबालिकाको मनोेवल उच्च राख्दै हार जित भन्दा पनि उनिहरुमा विजेताभावको प्रोत्साहनको लागी सहभागी सबैलाई पुरस्कृत गर्ने तयारी रहको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दहालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा वालवालिकाहरुले गायन , नृत्य , नाटक लगायतका विभिन्न विधामा आफ्नो ट्यालेन्ट प्रस्तुत गर्नेछन् । प्रतिष्पर्धा र विजेताको भावनालाई समेट्दै साना बालवालीकाहरुको प्रतिभा प्रस्फुटनका मंच बनाउँने उदेश्यले अपेन किड्स गट ट्यालेन्ट सिजन वान आयोजना गरिएको आयोजक अपेन प्रदेश नम्बर ३ का अध्यक्ष कृष्ण बोहोराले जानकारी दिए ।