टाइमलाइन स्कुल गोकर्णेश्वरको नेपाली मौलिक एल्बम ‘बहार’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुस)

राज कार्की
३० भाद्र २०७६, सोमबार ११:०८

काठमाडौं

गोकर्णेश्वर–५, जोरपाटीमा संचालित टाइमलाइन स्कुलले तयार गरेको नेपाली मौलिक सँस्कृतिमा आधारित दशैं–तिहार बिशेष साङ्गीतिक एल्बम ‘बहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।आइतबार टाइमलाइन स्कुलमा एक कार्यक्रम गरी उक्त गित सार्बजनिक गरिएको हो। सो कार्क्रममा नेपाली सङ्गीत क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

टाइमलाइन स्कुलका प्रिन्सिपल तथा गीतकार राम प्रसाद बडालको शब्द रचना र रत्न राईको सङ्गीत रहेको ‘बहार’ एल्बममा सत्यकला राई, सरला राई, लक्ष्मण चौलागाई र सङ्गीतकार रत्न राईको स्वर रहेको छ । आधुनिकता सँगै हराउँदै गएको नेपाली मौलिक सँस्कृति र चाडपर्वहरूको महत्वलाई दर्शाउँदै नेपाली सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार गरिएको स्कुलका प्रिन्सिपल तथा गीतकार राम प्रसाद बडालले बताउनु भएको छ । साथै उक्त नेपाली मौलिक सँस्कृतिमा आधारित दशैं–तिहार बिशेष साङ्गीतिक एल्बम ‘बहार’ को म्युजिक भिडियो यस्तो छ हेर्नुस :-