सरापे र करिश्माको अभिनयमा नयाँ दशैं गीत सार्वजनिक-भिडियो सहित

राज कार्की
३० भाद्र २०७६, सोमबार ११:३८

काठमाडौँ -नेपाली गीत संगीत र हास्य व्यंग्य क्षेत्रमा सबैले चिनेको नाम हो सरापे अर्थात यादव देवकोटा । लामो गाली गरेर चर्चामा परेका सरापे यो क्षेत्रमा निकै जमेका कलाकार हुन ।
अभिनय मात्र हैन उनको निर्देशनको कामले समेत उनलाई खरो उतारेको छ । भर्खर मात्र उनको निर्देशन र अभिनयमा नयाँ गीत सार्वजनिक भएको छ ।
उनको दशैं आयो बोलको गीतमा करिश्मा ढकाल र सरापेको अभिनय रहेको छ भने गीतमा सरापेको आफ्नै छोरालाई पनि देख्न सकिन्छ ।
सञ्जय थापाको आवाज रहेको सो गीतमा डिपी खनालको शब्द रहेको छ भने विश्व अधिकारीको संगीत रहेको छ ।
यस्तो छ भिडियो हेर्नुहोस :-