८२ लाख ब्लडमनी तिरेर नेपाल फर्किए बिनोद रानाभाट,भिडियो हेर्नुस

जनालय न्यूज
३१ भाद्र २०७६, मंगलवार ०७:०७

काठमाडौँ -कतारको जेलमा मृत्युदण्डको सजाय सुनाइएका बिनोद रानाभाट अन्ततः नेपाल आइपुगेका छन् । बैदेशिक रोजगारीका क्रममा जनरल क्लिनरको पदमा करीब ३ बर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतार स्थित ओक्रा जेलमा थुनिएका थिए ।

रानाभाटलाई भारतीय कामदारलाई मारेको अभियोग लागेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घ*टना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो ।

मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने फैसला गरेको थियो । यदि सो रकम बुझाउन नसके मत्युद ण्डको सजाय भोग्नु पर्ने थियो ।

बिभिन्न मिडियाबाट यो खबर बाहिरीए पछी उनलाई सहयोग गर्न देशविदेशबाट सामाजिक अभियन्ताहरु अभियानमा जुटेका थिए । बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक प्रमुख अभियान्ता अर्जुन भुषाल , शिशिर भण्डारी लगायतले आर्थिक संकलन गरेका थिए । र अन्त्यमा मृतकका परिवारले माग गरे बमोजिमको ब्लड मनी संकलन भएपछि उनि नेपाल फर्कन सफल भएका हुन् ।भिडियो हेर्नुस:-