६४ जना लिएर काठमाडौंबाट नेपालगञ्जका उडेको विमान धनगढी पुग्यो

जनालय न्यूज
२ आश्विन २०७६, बिहीबार ०८:४६

काठमाडौँ

काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहाज खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।