लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले संबिधान दिवसमा बृहत रक्तदान कार्यक्रम गर्ने

जनालय न्यूज
२ आश्विन २०७६, बिहीबार १४:५०

काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले संबिधान दिवसको अवसर पारेर शुक्रबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा रक्त दान जीवन दान भन्ने मूल नाराको साथमा असोज ३ गते शुक्रबार संबिधान दिवसको अवसर पारेर एकै समयमा तीन स्थान (भेनस पब्लिक स्कुल कलेज, टाइमलाइन स्कुल र आकाशदिप स्कुलमा ) मा गर्न लागिएको हो ।

लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका लायन वर्ष २०१९/२० का प्रेसिडेन्ट लायन कृष्ण गौतम फर्स्ट भिपी लायन नवराज रिजाल ,सेकेन्ड भिपी लायन मदन सुबेदी, थर्ड भिपी लायन नेत्र दाहाल ,पब्लिक रिलेसन अफिसर बिनितराज अर्याल लगायत लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रमको सार्बजनिक गरिएको हो ।सो कार्यक्रम संचालन लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका सचिब लायन मोहन अधिकारीले गरेका थिए।

पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लब अफ काठमाडौं एकेडेमिक का फर्स्ट भिपी नवराज रिजालले लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले २०७६ साल असोज ३ शुक्रबार गते संबिधान दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउनु को साथै उनले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं एकेडेमिक एउटा स्पेसिफिक क्लब भएको हुँदा अहिले सम्म अन्य क्लबहरुले गर्दै आएको रक्तदान कार्यक्रमको रेकर्डलाइ तोड्ने गरि एकै पटक तीन वटा बिभिन्न स्थानमा कार्यक्रम आयोजना गर्न लागेको हुँदा कार्यक्रम सफल पार्नको लागि सबैको साथ र सहयोगको अपिल गरेका थिए ।

कार्यक्रम संचालक एबम क्लब का सचिब मोहन अधिकारीले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं एकेडेमिक एउटा स्पेसिफिक क्लब भएको जुन बिशुद्द एकेडेमिसियनहरु जो कुनै न कुनै शैक्षिक संस्थामा आवद्द हुनुको साथै लायन्स क्लब अफ काठमाडौं एकेडेमिक स्पेसियालिटि क्लबमा सुचिकृत भएको र यो भन्दा अगाडी पनि बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको जसले प्रत्यक्ष रुपमा समुदायलाइ केन्द्रित गरि उनीहरुलाई फाईदा हुने क्रियाकलाप गर्दै आएको बताएका थिए ।
लायन्स क्लबले देशभरि गरेको शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ काठमाडौं एकेडेमीकले ओखलढुंगा र स्याङ्जामा गरिसकेको हंगर रिलिफ लगायत थुप्रै कार्यक्रम आयोजना गरिसकेको भन्दै लायन्स क्लबहरुले गर्दै आएको रक्तदान कार्यक्रम मार्फत संकलित रगत भन्दा बढी रगत संकलन गर्ने उदेश्य रहेको समेत जानकारी गराए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका सेकेन्ड भिपी लायन मदन सुबेदीले लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले छोटो समयमा उल्लेख गर्न लायकका कामहरु गरिसकेको बताउदै त्यो सिलसिला कायम गर्न खोजेको बताए। एउटा मानिसले अर्को मानिसको जीवन रक्षाको लागी गरिने रक्तदान यसको संम्भावित उपाय भएको हुँदा रक्तदान कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल पार्नको लागि सबै संग अनुरोध गरेका थिए।

त्यस्तै लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका थर्ड भिपी लायन नेत्र प्रसाद दाहालले कार्यक्रमको तयारी बारेमा जानकारी गराउदै असोज ३ गते हुन लागेको रक्तदान कार्यक्रमको बारेमा अभिभावक बिद्यार्थी तथा संघ सस्थालाई जानकारी गराउने काम गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका बर्तमान प्रेसिडेन्ट लायन कृष्ण गौतमले असोज ३ गतेशुक्रबार संबिधान दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा बिहान ८ बजे देखि दिउसो २ बजे सम्म तीन स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको र सो कार्यक्रम सभ्य बनाई दिन सबैलाई अपिल गरेका थिए ।
समाजका सबै एकजुट पारि एउटा छुट्टै तरिकाले अघि बढी समाजसेवाका हातहरुलाइ बृहत तरिकाले लैजाउ भन्ने उदेश्यका साथ् स्थापना भएको बताए उनले लायन्स क्लब सामाजिक काममा विश्व ब्यापी ठुलो सामाजिक संस्थाको रुपमा रहेको र ओत पनि ठुलै रुखको लगाउ भन्ने उदेश्यले लायन्स क्लबलाइ अगाडी सारेको बताए।उनले लायन्स क्लबको We Serve भन्ने नारा अन्तर्गत लिडरसिप फेलोशिप र सोसियल सर्भिस को क्षेत्रमा पनि सहभागी हुदै आएको बताए र सोसियल सर्भिस अन्तर्गत बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको समेत जानकारी गराए ।
मुख्य आयोजक लायन्स क्लब अफ काठमाडौं एकेडेमीक भए पनि सो कार्यक्रम सफल पार्नको सह आयोजकका रुपमा भेनस पब्लिक स्कुल कलेज, टाइमलाइन स्कुल कलेज र आकाशदिप स्कुल रहेको र सहयोगी संस्थाको रुपमा प्रारम्भ एकेडमी पर्ल्स बाल संसार, बिपुल शिक्षा निकेतन मिल्कि वे लगायतका संघ संस्थाहरु रहेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल, र वर्तमान डिस्ट्रिक गभर्नर इन्द्र खत्री (राजन) लगायत लायन्स लिडरहरुको पनि उपस्थिति रहने भएको छ ।

रगतको महत्व त्यो बेला थाहा हुने जब आफ्नो केही आफन्त रगतको खाँचो परेको हुन्छ, उ मृत्युशैयामा छटपटाएको हुन्छ, डाक्टरले भन्छन् तपाईको बिमारीलाई तुरुन्तै रगतको चाहिन्छ नत्र अप्रेशन हुन सक्दैन या तपाईको बिमारी बाँच्न सक्दैन। त्यो बेला हामी रगतको खोजीको लागि धेरै छटपटाउँछौं । यताउता आफन्त गुहार्छौ साथी भाई गुहार्छौ । कोही रगत बेच्नेवाला पाए किन्न तयार हुन्छौं त्यो बेला हामी पैसाको मोलतोल गर्न लाग्दैनौं कसैले बिना पैसामा दिन्छन् भने कोही कसैले पैसा लिएर दिन्छन् । यदि हामीले निःशुल्क रक्त दान गर्यौ भने त्यो धेरै पुण्य कार्य हुन्छ ।
लायन्स क्लब अफ काठमाडौं एकेडेमिकको समन्वयको कारण ब्लड बैक सम्म पुग्न पर्ने अवस्था आउन नपर्ने एक फोनको भरमा उपलब्ध गराउन अबस्था समेत बन्ने देखिन्छ ।