मिलन नेवारको ‘मुट भित्रै देउन मलाई बास’ सार्वजनिक-भिडियो सहित

जनालय न्यूज
४ आश्विन २०७६, शनिबार १२:२३

काठमाडौँ-गायिका मिलन नेवारले मेलोडी गित मुट भित्रै देउन मलाई बास बोलको गितको भिडियो सार्वजनिक गरेकी छन् । देउन मलाई बास बोलको गित डक्टर राजुबाबु श्रेष्ठ को शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगितमा तयार भएको हो ।

सयौं हिट गितमा स्वर भरीसकेकी गायिका मिलन आफैले गायकीस“गै देउन मलाई बास बोलको गितको भिडियोमा सोलो अभिनय गरेकी छन् । भिडियोलाई राजेशपुमा राईले निर्देशन गरेका हुन भने उत्सव दाहलले भिडियो छांयाकन गरेका हुन ।

विकास दाहालले सम्पादन गरेको भिडियो मिलन नेवारको आफ्नै युट्युव च्यानलबाट शुक्रबार रिलिज गरीएको हो । एल्बम मिलन २ मा समाबेश देउन मलाई बास गितलाई संञ्जीव वराईलीले एरेञ्ज गरेका हुन । अजर अम्बर रहने गितमा काम गर्न पाएकोमा संगितकार राजनराज शिवाकोटीले खुशी ब्यक्त गरे भने गायिका मिलनले गित सबैको मन मुटुमा बस्न सफल हुने विश्वास ब्यक्त गरीन ।