एकाबिहानै भक्तपुरको बालकोटमा आगलागी-लाखौको क्षति

जनालय न्यूज
५ आश्विन २०७६, आईतवार ११:१५

भक्तपुर-सूर्यविनायक–२ बालकोटस्थित एक उद्योगमा एकाविहानै आगलागी भएको छ । बालकोटस्थित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको हो ।

भोजपुरकी सरिता चौलागाईंले सञ्चालन गरेको पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा बिहान करिब ५ बजेको समयमा आगो सल्किएको थियो । आगो पुराना कपडामा सल्किएको आगोले नजिकै रहेको ग्यास सिलिन्डर बिस्फोट गरेपछि आगलागीले उग्र रुप लिएको थियो ।

भक्तपुरको वारूणयन्त्रले नपुगेर काठमाडौ बाट समेत मगाएर आगो नियन्त्रणमा लीएको स्थानीयले जानकारी गराए ।नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियताका कारण आगो नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीबाट कारखानामा मालसामान र मेशिन, औजार जलेर नष्ट भएका छन् । अन्दाजी २५ लाख बराबरको क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । क्षतीको विवरण संकलन भैरहेको प्रहरीको भनाइ छ ।

आगलागीको कारण थाहाँ हुन नसकेको र आवश्यक अनुसन्धान भैरहेको बताईएको छ ।