शान्ती शिक्षा मन्दिर मा.बिमा शुभकामनाआदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

जनालय न्यूज
१२ आश्विन २०७६, आईतवार ०७:४३

काठमाडौँ – शान्ती शिक्षा मन्दिर मा.बि ठहिटी काठमाडौँले शुक्रबार बिशेष कार्यक्रमआयोजना गरी शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भब्य साथ् सम्पन्न गरेको छ । विजयदशमी,शुभ दिपावली,छठ तथा नेपाल सम्बत ११४० अबशरमामा उक्त आयोजित कार्यक्रममा पुर्ब सांसद ,साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मी दास मानन्धरको साभापतित्व रहेको थियो भने , प्रमुख अतिथी संघिय सांसद रामबिर मानन्धर, विशेष अतिथी प्रदेश सभासद वसन्त मानन्धर,नेपालका लागि इजरायली राजदुत बेनि ओमर,रासस महाप्रबन्धक ओपेन्द्र शर्मा, साल्ट ट्रेडिङ महाप्रबन्धक उर्मिला श्रेष्ठ , शिक्षा बिकास तथा समन्वय ईकाई काठमाडौँका प्रमुख नन्दलाल पौडेल ,काठमाडौँ महानगरपालिका वडा न १७ का वडाध्यक्ष नवीन मानन्धर लगायत शिक्षक,बिधार्थी,अभिभावकहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

सोहि शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बिभिन्न क्षेत्रबाट बिधालयलाई योगदान पुर्याउनु हुने व्यक्तिलाई सम्मान समेत गरिएको छ ।कार्यक्रममा विधालयका छात्रछात्राहरुले बिभिन्न प्रतिभा तथा दशैँ तिहार बिशेष नाच प्रस्तुत गरेका थिए । सम्पूर्ण नेपालीजनहरुमा सिंगो बिधालय परिवार तथा व्यक्तिगत तर्फबाट सोहि बिधालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतम शुभकामना समेत दिनुभएको छ ।उपस्थिति जनाउनु भएका अतिथीहरुबाट पनि बिधालयले राम्रा काम निरन्तर गरिरहेको र अझै राम्रा काम गर्नमा आफुहरु अग्रसर हुने साथै आगमन भई रहेका चाडको अबशर शुभकामना व्यक्त गर्नु भएको थियो ।