बलात्कारको आरोपबारे सभामुख भन्छन्- ‘सरुवा नरोकिदिएपछिको रिस हो’

जनालय न्यूज
१३ आश्विन २०७६, सोमबार २३:००

काठमाडौँ -सभामुख कृष्ण बहादुर महरामाथि एक महिलाले जर्बजस्ती करणीको आरोप लगाएकी छन् ।

संसद सचिवालयकी एक महिलाले महराले आफूमाथि तिनकुनेस्थित आफ्नो रुममा जर्बजस्ती करणी गरेको समेत दावी गरेकी छन् ।

यता सभामुख कृष्णबहादुर महराले भने, कर्मचारी समायोजनमा संसद सचिवालयबाट सरुवा भई बाहिर पठाइएकी ती महिला कर्मचारीले आरोप सत्य नभएको बताएका छन् ।

कर्मचारी समायोजनमा अन्यत्र सरुवा भएको र ती कर्मचारीले यहींकतै मिलाइदिनुपर्यो भनिरहेकोमा आफूले सामान्य प्रशासनले समायोजन गरेको बताउँदा यो आरोप लगाइएको सभामुख महराले बताए।

संसद सचिवालयमा कार्यरत ती कर्मचारीले सभामुखले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएको विषयमा सभामुख महराले भने, ‘यो शतप्रतिशत नियोजित र निराधार कुरा हो ।’

‘कर्मचारीको समायोजन सामान्य प्रशासनले गर्छ भन्दा उहाँले जसरी पनि यतै मिलाइदिन भन्नुभएको थियो । मैले समायोजनको काम सामान्य प्रशासनले गर्छ भनेपछि त्यसको रिस ममाथि पोख्नुभएको होला’, सभामुख महराले भने ।