रोशनी शाहीले सामान्य जड्या जसरी सभामुख महरालाई लगाएको हास्यस्पद आरोप

जनालय न्यूज
१४ आश्विन २०७६, मंगलवार ०९:५७

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको गम्भीर आरोप लगाएर रोशनी शाही चर्चामा आएकीछीन् ।
संसद् सचिवालयमा कामगर्ने रोशनी शाहिले सभामुख महराले मदिरा पिएर आफ्नो कोठामा आई आफूमाथि आइतबार साँझ पौने ८ बजे कुटपिट गर्दै जबर्जस्ती करणीको प्रयास गरेको बताएर चर्चा चलाई रहेकि छिन् ।

तर उनले यति पनि हेक्का राख्न सकेनन्नकी महरा देशकै सभामुख भएको र हरेक ठाउँमा जादा सुरक्षा बल सहित जाने गर्दछन् ।
रोशनीले सामान्य जड्या जस्तो गरेर सभामुख भट्टिमा गएर रक्सी खाए हल्लीदै एक बोतल रक्सी किने अनि आफ्नो कोठामा आई बलत्कार प्रयास गर्यो भन्न खोजिरहेको कुरा आफैमा हास्यास्पद् छ ।

सभामुख डिल्लि मल्लले जारि गरेको प्रेस विज्ञप्तीमा पनि नियोजित ढंगवाट आएको समाचारले सभामुखनै छक्क परेको जनाएको छ । उनका अनुसार चरीत्रहत्या गर्न पनि केहि पत्याउने खाल्का कुरा हुनुपर्छ । सभामुखको कार्यक्रमको हिडाइको सबै सेड्युल हुन्छ । र सुरक्षा दल सहित सम्वधित ठाउँमा पुग्नुहुन्छ ।

मल्लले जारि गरेको प्रेस विज्ञप्तीमा पनि अनलाइन समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन भनेका छन् । आइतबार घटना भएको भनी जसरी सभामुखको चरित्र हत्या गर्ने दुस्प्रयास गरिएको छ । त्यसमा कुनै पनि सत्यता नभएको मिडिया र सञ्चारकर्मीहरुमा जानकारी गराएकाछन् ।

सभामुख असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि विज्ञप्तीबाट प्रष्ट पारेकाछन् ।

किन लगाए रोशनी शाहीले सभामुख महरामाथि जबर्जस्तीको आरोप

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेका थिए । सभामुखले यति पनि काम नगर्ने भनेर रिसाएका ति महिलालाई कासैले प्रयोग गरेको हुनसक्ने समाचार स्रोतले बताउँछ । सचिवालयमा कार्यरत कर्मचारीहरुका अनुसार समय समयमा रोशनी बौंलठी कीसिमको कुरागर्ने गरेको पनि बताउँछन् ।

सभामुख माथि षड्यन्त्र

यो प्रकरण पनि सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको बुभिन्छ । यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको जानकारहरु वताउँछन् । राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको देखिन्छ ।