कांग्रेस सांसद आलमलाई म्याद थप गरियो

जनालय न्यूज
२८ आश्विन २०७६, मंगलवार १२:०३

काठमाडौं -नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले सात दिनको म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरेको हो ।

२०६४ चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सांसद आलमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।