जाजरकोटका युवा साढे चार किलो चरेस सहित काठमाडौंबाट पक्राउ

जनालय न्यूज
२९ आश्विन २०७६, बुधबार १०:०२

काठमाडौं – काठमाडौंको गोंगबुबाट साढे चार किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका-१ घर भइ हाल चन्द्रागिरि नगरपालिका-१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाड नगरपालिका-३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविन प्रकाश पुन छन् ।

उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-onlinekhabar