सागका लागि ह्यान्डबलमा महिला पुरुष दुवै तर्फ खेलाडी छनोट

जनालय न्यूज
३० आश्विन २०७६, बिहीबार १८:४१

काठमाडौं-नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगिताका लागि ह्यान्डबल खेलाडीको छनोट गरिएको छ । सागको लागि प्रशिक्षणमा रहेका खेलाडीबाट पुरुष र महिला तर्फ १६–१६ जना खेलाडी छनोट गरिएको नेपाल ह्यान्डबल संघले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिंह बोहोरा, सन्दीप कार्की, रणसिंह रावत, इन्द्र नारायण चौधरी, मदनचुनारा, श्री बहादुर सिंजाली, यम बहादुर पुन, आषिश अधिकारी, केशव बिष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन् ।

यसैगरी महिलामा शारदा विक बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्ति कला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी,  कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा छन ।

छनोट समितीले पुरुष र महिलातर्फ ५–५ जना वैकल्पिक खेलाडीलाई पनि समावेश गरेको छ । महिला तर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन् । पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन् ।