नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत् निर्वाचित

जनालय न्यूज
३ कार्तिक २०७६, आईतवार १०:४४

काठमाडौँ -नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको बुधबार सम्पन्न प्रथम साधारणसभा तथा प्रथम महाधिवेशनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ सर्वसम्मत् चयन हुनुभएको छ । २०५५ साल भदौमा स्थापित नेपाल कपडा तथा सिलाई व्यवसायी संघको नवौं अध्यक्षसमेत रहनुभएका श्रेष्ठ २०७५ साल चैतमा महासंघमा रुपान्तरित भएपछि पनि अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । महासंघको प्रथम अधिवेशनले समेत पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा लालबहादुर परियार र पाँच उपाध्यक्षमा हिक्मतबहादुर दर्जी, ईश्वरकुमार नेपाली, रामबहादुर रणपाल, कालिप्रसाद नेपाली, फिरोज अलि निर्वाचित हुनुभएको छ ।

त्यस्तै, महासचिवमा मेघबहादुर कार्की, उप–महासचिवमा सन्त परियार, सचिवमा सरोज कटुवाल र कोषाध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित हुनुभएको छ । यसैगरी, पाँच सह–कोषाध्यक्षमा प्रेमकुमार महर्जन, शान्तिदेवी प्रधान, पूर्णकुमारी कार्की, रुपलाल दमाई र मिलनकुमार परियार निर्वाचित हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा कृष्णकुमारी अधिकारी, शुशिला श्रेष्ठ, कृष्णबहादुर रणपाल, राम प्यारा, शालिकराम नवाक दमै, रामबहादुर घले परियार, भोजराज दमाई, सोमबहादुर परियार, रञ्जना मास्के, मिलन नेपाली निर्वाचित हुनुभएको छ ।
प्रदेश सदस्यमा राजन दर्नाल (प्रदेश १), जाकिर अलि (प्रदेश १), बाबुराम परियार (प्रदेश ३), किसन सेवा परियार (गण्डकी प्रदेश), सुरेन्द्र दमै (प्रदेश ५), अम्बर बहादुर दमाई (कर्णाली), विनोद नेपाली (सुदुरपश्चिम) निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कपडा सिलाई व्यवसायमा रहेका हजारौं व्यवसायीको हकहितका लागि सामुहिक आवाज उठाउन महासंघको स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार, ६८ जिल्लामा महासंघको शाखा स्थापना भइसकेको छ । महासंघमा २० हजार भन्दा बढी कपडा तथा सिलाई व्यवसायी सदस्य रहेका छन् । संघको संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्य हुनुहुन्थ्यो ।