हुम्लामा भालुको आक्रमण एक महिला घाइते

जनालय न्यूज
३ कार्तिक २०७६, आईतवार १२:१६

हुम्लाको खार्पुनाथ गाउँपालिकामा शुक्रबार भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । खार्पुनाथ ४ स्थित नल्ला गाउँकी ३५ वर्षीय भगवती शाही घाइते भएकी हुन् ।

घाँस काटने क्रममा गाउँ नजिकको जंगल गएकी शाहीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

शनिबार जिल्ला अस्पताल हुम्ला पु-याईएकी शाहीको अनुहार र शरिरको हड्डीमा गहिरो घाउचोट लागेकोले उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल हुम्लाका डा. टर्सी लामाले बताए ।

-Nayapatrika