एनप्याब्सन महानगर कमिटीको अध्यक्षमा पाण्डे

जनालय न्यूज
३० कार्तिक २०७६, शनिबार १५:४९

काठमाडौँ -भिष्म पाण्डेको नेतृत्वमा १५ सदस्यीय एनप्याब्सन काठमाडौं महानगर कमिटी गठन भएको छ ।शुक्रबार मिराकल पार्टी भेन्यु,सुकेधारामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष रीतुराज सपकोटा, महासचिव सुवास न्यौपाने, एन प्याब्सनका पूर्व पदाधिकारीहरु, विभिन्न १०० भन्दा बढि विद्यालयका प्रधानाध्यापक लगायतको बाक्लो उपस्थितीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको संचालन नेशनल प्याब्सन काठमाडौ सञ्चार विभाग प्रमुख गेन्द्र लामाले गरेका थिए ।
नेशनल प्याब्सन काठमाडौ जिल्लाको संगठन बिस्तार गर्ने अभियानमा सुकेधारामा गठन गरिएको एन प्याब्सन महानगर कमिटीका पदाधिकारी यस प्रकार छन् :

अध्यक्ष :भिष्म पाण्डे
उपाध्यक्ष : बिजय खरेल
सचिव : मीन कुमार कोइराला
कोषाध्यक्ष : शेर बहादुर पौडेल
सह-सचिव : नव राज पाण्डे
सह-कोषाध्यक्ष : सुनिल केसी

सदस्यहरु :
नारायण प्रसाद सापकोटा
भोज कुमार धमला
राज कुमार बस्नेत
रनिश भट्टराई
निलमनी भट्टराई
श्याम घिमिरे
अनुज कुमार श्रेष्ठ
बिनोद श्रेष्ठ
राम प्रसाद अधिकारी

-तस्बिर-गेंद्र लामा