सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई

जनालय न्यूज
१ मंसिर २०७६, आईतवार १८:४५

काठमाण्डाै – सामाजिक कामका लागि काठमाण्डौ आएका भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सचिनले आइतबार भेट गरेका हुन् । युनिसेफको सद्भावना दूतसमेत रहेका सचिन शुक्रबार राति काठमाण्डौ आएका थिए । उनले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बालबालिका तथा नेपाली महिला टिमका खेलाडीसँग अन्तरक्रिया गरेका थिए ।