आज साम्राज्ञीको जन्मदिन,कति बर्ष पुगिन ? हेर्नुस

जनालय न्यूज
२ मंसिर २०७६, सोमबार १५:३६

आज मंसीर २ गते । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिन । अनमोल केसीको हिट चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञी २४ बर्ष पुरा भएर २५ वर्षमा पाइला चालेकी हुन् ।

सानैदेखि अभिनेत्री बन्ने सपना बुनेकी साम्राज्ञीको सपना ‘ड्रिम्स’बाट पुरा भयो । र, नेपालकी सर्वाधिक लोकप्रिय नायिकाको रुपमा समेत उनले आफुलाई स्थापित गर्न सफल भइन् । ड्रिम्स, ए मेरो हजुर २, तिमीसँग, कायरा, मारुनी र रातो टिका निधारमा लगायतका चलचित्रमा काम गरेकी साम्राज्ञीले काम गरेका चलचित्रमध्ये ‘ए मेरो हजुर २’ र ‘इन्टु मिन्टू लण्डनमा’ सुपरहिट सावित भए ।

बुबा महेशविक्रम शाह र आमा नेहा राज्यलक्ष्मी शाहको कोखबाट जन्मिएकी साम्राज्ञी अहिले सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेत्रीमा पर्छिन् । बुझिएअनुसार उनले पछिल्लो समय मारुनी र रातो टिका निधारमाबाट १५ लाख बुझेकी थिइन् ।

२०५२ साल मंसीर २ गते बिरगंजमा जन्मिएकी साम्राज्ञी नेपालको राजकीय खानदान शाह बंशको पुस्ता हुन् ।

-कान्तिपुर साप्ताहिक