उदयपुरमा अश्लिल क्रियाकलाप् गर्ने होटल साहुनी सहित ८ जना पक्राउ

जनालय न्यूज
२ मंसिर २०७६, सोमबार १५:४८

उदयपुर ।   उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनीसहित ८ जना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडि सुष्मा राईले सञ्चालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारी होटल साहुनीसहित ८ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा राईसहित ३ जना महिला र ५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । अश्लिल क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुको बारेमा थप असुन्धान भइरहेको प्रहरीले जानकारी दिए ।