बलात्कृत किशोरी न्याय खोज्दै काठमाडौंमा, भविष्य अन्योल भएको दुखेसो

जनालय न्यूज
३ मंसिर २०७६, मंगलवार १६:२२

काठमाडौं । सोलुखुम्बुमा आफ्नै गाउंका एक व्यक्तिबाट बलात्कृत १५ बर्षिया किशोरी न्यायको खोजीमा काठमाडौं आएकी छन् ।

६ महिना अघि बलात्कृत उनी गर्भवती अबस्थामा भृकुटीमण्डपको बालबालिका खोजतलास समन्वय केन्द्रको शरणमा पुगेकी छन् ।

उनलाई बलात्कार गर्ने व्यक्ति भने हाल पूर्पक्षका लागि सोलुखुम्बु कारागारमा छन् ।

किशोरीका आफन्तले गर्भपतन गर्न नमिल्ने भएका कारण र छर छिमेकले थाहा पाउने डरले बच्चा जन्माउनकै लागि संस्थाको केन्द्रको जिम्मा लगाउन ल्याइएको बताएका छन् ।

पीडित किशोरीले भने गर्भवती भएकै कारण पढाइ समेत छाड्नु परेको र भविष्य अन्योलमा परेको दुखेसो पोखिन् । आफ्नी चेलीमाथि कुकृत्य गर्ने अपराधीलाई कडा कारवाही गर्न पीडित पक्षले माग गरेका छन् ।