बझाङ केन्द्र विन्दु भएर भुकम्पको धक्का

जनालय न्यूज
३ मंसिर २०७६, मंगलवार १९:४९

सुर्खेत । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र भएर भुकम्प गएको छ । बझाङको पौवागडी केन्द्र भएर ५ दशमल ७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

कर्णालीका सुर्खेत, दैलेख,जाजरकोट प्रदेश पाँचको बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली लगायतका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको थियो । अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी भने आएको छैन् ।