भगिरथले ल्याए “कहिले बोल्छ देश” (भिडियो हेर्नुस )

जनालय न्यूज
४ मंसिर २०७६, बुधबार ०९:३७

काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै दावि गरिरहेको छ । करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो ।

भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीर समेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको छ ।नेपाली भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध, प्रर्दशन गर्दै आईरहेको छ । यसै क्रममा लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको ‘कहिले बोल्छ देश ?’ बोलको गीत बजारमा आएको छ । गीतमा गायक चलाउने र गायिका शान्ती श्री परियारको स्वर रहेको छ ।

गीतमा शब्द र संगीत चलाउने कै रहेको छ । अहिले देशमा भई रहेको हत्या,हिँसा, बलात्कार, चोरी, डकैटी, घुस , भ्रस्टाचारले ग्रसित देशको अवस्था देखेर हार खाएर बिदेशिएको आफ्नो देशलाई धेरै माया गर्ने युवाको भाव र कथालाई गीतमा चित्रण गरिएको छ। उक्त गीतमा स्वयं गायक चलाउनेले देश छोडरे बिदेशिएको अभिनय मार्फत उतारेका छन् ।
गीतमा चलाउने संगै हिउँवाला गौतम र जुना गुरुङको अभिनय रहेको छ । गीत भने गायक स्वयं चलाउनेको अफिसियल युट्युव भागिरथ चलाउने मार्फत सार्वजनिक गरिएको हो । गीतलाई हरि विष्टको निर्देशन गरेका छन् ।यस्तो छ गित ,भिडियो सहित हेर्नुस :-