अनिता चलाउनेको ‘विदेशको पी आर छ ‘सार्बजनिक (भिडियो हेर्नुस )

जनालय न्यूज
४ मंसिर २०७६, बुधबार १९:२५

काठमाडौँ -गायिका अनिता चलाउने र गायक बसन्त थापाको स्वरमा रहेको ‘विदेशको पी आर छ’ सार्बजनिक भएको छ । गीतले ‘पी आर’ को नाममा विदेशिने युवा युवतीहरुको वास्तविक कथा बोलेको छ ।

‘पी आर’को प्रलोभनमा पर्नेहरुलाई तिखो ब्यङ्ग्य गीतमार्फत गरिएको छ । प्रल्हाद सुवेदीको शब्द रहेको छ बहने संगीत बसन्त थापाको नै छ त्यस्तै एरेञ्ज आशिष अबिरलले गरेका छन् । गायक तथा मोडल दुर्गेश थापा र सोनिका रोकाया ,कलाकार राजाराम पौडेलको अभिनय रहेको छ ।

उक्त गीतको निर्देशन बब्बु थापाले गरेका छन् भने भिडियोमा कोरियोग्राफी मौसम हिमालीको रहेको छ त्यस्तै क्यामेरा अजय रेग्मी र सम्पादनको काम प्रविण भट्टले गरेका छन् ।

यस्तो छ भिडियो हेर्नुस-