६७ वर्षीय बृद्दले गरे २१ वर्षीय पुजा प्रेम विवाह ( भिडियो हेर्नुस )

जनालय न्यूज
९ मंसिर २०७६, सोमबार १०:५८

काठमाडौँ-नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् ।
उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि ।किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमती बीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ ।
किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा खोज्छन् । उनीहरु आफ्नो जीवनसाथी आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् । त्यसैले उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् ।

सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान्-श्रीमती १ बर्षका जेठो-कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुने गर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?सायद पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।तर
सुन्दा अचम्म लाग्छ तर चुलाचुली नगरपालिका मंगलासिड्डी इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।उनीहरुको दम्पतीको ४७ बर्ष नै अन्तर छ ।

जनालय संगको कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले बिबाह गरेको बताउछिन ।
सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विबाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृत्यु भैसकेको सिंह प्रसाद बताउछन ।उनीहरुसंग जनालय बिशेषमा गरिएको रोचक कुराकानी तल हेर्नुहोस ।