महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

जनालय न्यूज
१९ मंसिर २०७६, बिहीबार ११:३६

 पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ ।बिहीबार बिहान पोखरामा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे ।यसैगरी अनिता ल्हामु शेर्पा र शान्तिकला राईले २–२ गोल गर्दा कल्पना वलीले एक गोल गरिन् ।