सागका ६ विजेता खेलाडी कर्णाली सरकारद्वारा पुरस्कृत

जनालय न्यूज
१८ पुष २०७६, शुक्रबार १०:१०

सुर्खेत-गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा कर्णाली प्रदेशबाट बिजेता खेलाडिहरुलाई कर्णाली प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधवार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सागको बिभिन्न विधामा बिजेता ६ जना खेलाडी पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुनेहरुमा उसुमा स्वर्ण पदक विजेता सुर्खेतका दिपक हमाल,महिला ह्याण्डबलमा रजत पदक विजेता रुकुम पश्चिम कि शारदा विक, म्याराथुनमा रजत पदक जित्ने सल्यान कि पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक बिजेता सुर्खेत कि गीता राणा सागमा पुरुष खो-खो खेलमा कांस्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कांस्य पदक विजेता दैलख कि चन्द्रकला थापालाई समेत प्रदेश सरकारले  पुरस्कृत गरेको छ  ।

स्वर्ण बिजेतालाई ३ लाख नगद प्रमाण पत्र,रजत बिजेतालाई २ लाख नगद प्रमाण पत्र र कास्यलाई १ लाख नगद र प्रमाण पत्रले ६ जना खेलाडी सम्मानित तथा पुरस्कृत भएका छन् ।उक्त सम्मान कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हातबाट ६ जना खेलाडीहरुलाई सम्मान पत्र तथा नगद हस्तान्तरण गरिएको थियो ।