पृथ्बी जयन्तीको अबशरमा नेपाल जर्निद्वारा पृथ्बी प्रा.बि मा न्यानो कपडा वितरण

जनालय न्यूज
२९ पुष २०७६, मंगलवार १२:०८

काठमाडौँ-राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहको २९८ औं जन्म जयन्तीकोअवसरमा नेपाल जर्नी र रामराधा फाउण्डेसनको आयोजना र मनकामना अस्पतालको प्राबिधिक सहयोगमा गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङ्गमा रहेको श्री पृथ्बी प्राथमिक बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । जाडोका कारण बिद्यालय जान कठिन अवस्थामा रहेका बालबालिकाहरुलाई बिद्यालय आउन केहि सहज होस भन्ने उदेश्यका साथ आइतबार पृथ्बी जयन्ती र सोहि बिधालयको ३२ औं बार्षिकोत्सबको अबशरमा ७० जना बालबालिकाहरुलाई स्वीटर र टोपी गरीएको हो । नेपाल जर्निका अध्यक्ष गोपाल भण्डारी,पुर्ब अध्यक्ष गणेश लाल श्रेष्ठ,नेपाल जर्नी कै कार्यक्रम योजना प्रमुख कबिता खतिवडा सदस्य नबिन श्रेष्ठ स्वयम् आफै पुगेर उक्त बिधालयका बालबालिकाहरुलाई कपडा वितरण गरिएको हो ।

उक्त बिधालयका प्रधानाध्यापक फणिन्द्र कोईरालाको सहायतामा नेपाल जर्निले न्यानो कपडा दिने निर्णय गरेको थियो ।बिधालयमा बार्षिकोत्सब र पृथ्बी जयन्ती संगै संगै परेकाले पनि सो कार्यक्रम निकै भब्य अनि सभ्यका साथ् सम्पन्न समेत भएको छ । सो आयोजित कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख दिपक बाबु कंडेल,उप प्रमुख पम्फा बस्याल,वडाध्यक्ष कृष्ण बहादुर परियार,बिधालय ब्यबस्थापन अध्यक्ष कृष्ण प्रसाद पोखरेल तथा अन्य थुप्रै जिम्मेवार व्यक्ति अभिभावक,स्थानियहरुको उपस्थिती रहेको थियो भने नगर प्रमुख कंडेल कै हातबाट न्यानो कपडा समेत हस्तान्तरण गरिएको थियो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल जर्निका अध्यक्ष गोपाल भण्डारीले “जाडो कै कारण बिधालय जान बन्चित बिधार्थीहरु बिधालय आउन सकुन र आफुहरुले शिक्षा र स्वास्थ्य कै क्षेत्रमा काम गरि रहेकै कारण अझै सहयोगमा तत्पर रहने बताउनु भयो।र उक्त आयोजित कार्यक्रम आफुहरुले सोचेको भन्दा निकै राम्रो भएको समेत जिकिर गर्नु भयो “।त्यस्तै नगर प्रमुख दिपक बाबु कंडेलले पनि “आफ्नो नगर पालिकामा आएर विधालयका बालबालिकाहरुको लागि न्यानो कपडा सहयोग गरेकोमा सहयोगी सस्था तथा सहयोगीदाताहरुलाई धन्यबाद समेत ज्ञापन गर्नु भयो।र आगामी दिनमा नेपाल जर्निले गर्ने कार्य आफ्नो नगरपालिकामा रहेको खण्डमा आफ्नो पूर्ण साथको प्रतिबद्दता जनाउनु भयो”।बिधालयका प्रधानाध्यापक फणिन्द्र कोइरालाले पनि आफ्नो बिधालयमा आएर यस्तो निकै नै पुण्य कार्य गरेको भन्दै नेपाल जर्नी तथा राम राधा फ़ाउण्डेसन प्रति आभार प्रकट गर्नु भयो ।

त्यस्तै उक्त सहयोगको कदर गर्दै बिधालय परिवारले नेपाल जर्निलाई मायाको चिनो र कदर पत्रले समेत सम्मान गरेको थियो ।देशका दूरदराजका बिधालयका बालबालिका तथा दुर्गममा स्वास्थ्य समस्या खेप्नु परेका जनस्तर सम्म आफुहरु पुग्ने र सामाजिक स्तरमा निरन्तर सेवामा लाग्ने योजना तथा लक्ष रहेको जर्निका अध्यक्षले बताउनु भयो ।सन् २०१५मा अमेरिकामा स्थापना भएको नेपाल जर्नी सन् २०१७मा नेपालमा पनि स्थापना गरिएको थियो र अहिले यस्तै धेरै सामाजिक कार्यहरु धेरै गरि सकेको छ ।शिक्षा र स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउदै आएको उक्त नेपाल जर्नी अमेरिकामा मौसमी श्रेष्ठले सुरु गर्नु भएको थियो ।