नेपाल जर्नीद्वारा स्विटर तथा टोपी बितरण

जनालय न्यूज
११ माघ २०७६, शनिबार १८:४८

काठमाडौँ-नेपाल जर्नी र रामराधा फाउण्डेसनद्वारा काठमाडौँको नेपाल प्रेरणा समाजका १६ जना बालबालिकाहरुलाई न्यानो कपडा स्विटर र टोपी बितरण गरिएको छ । जाडोका कारण कठिन अवस्थामा रहेका बालबालिकाहरुलाई केहि सहज होस भन्ने उदेश्यका साथ शनिबार १६ जना बालबालिकाहरुलाई स्वीटर र टोपी वितरण गरीएको हो ।

नेपाल जर्निका अध्यक्ष गोपाल भण्डारी,उपाध्यक्ष जसुदा कार्की ,नेपाल जर्नी कै सदस्य आस्था थपलिया र नेपाल जर्नी कै आइटी संयोजक अदिप पौडेल स्वयम् आफै पुगेर बालबालिकाहरुलाई कपडा वितरण गर्नु भएको छ । काठमाडौँको मण्डिखाटारमा अबस्थित नेपाल प्रेरणा समाजमा सहारा बिहिन बालबालिकाहरु राखिएको छ।जहाँ केहि समय अघि नेपाल जर्निको सस्थापक अध्यक्ष मौसमी श्रेष्ठ प्रेरणा समाजमा दिएको अवेज्ञा सहित आज नेपाल जर्निको समूह पुगेर न्यानो कपडा दीइएको हो ।

उमा कार्कीले अध्यक्ष्यता गर्नु भएको उक्त सस्थामा हाल १६ जना बालबालिकाहरु रहेका छन् ।निरन्तर समाजसेवाको बाटो नियाल्दै कार्की सहित केहि जना मिलेर यो काम सुरु गर्नु भएको थियो हाल जो शिशु बालक हुर्काएर ठुला बनाइ सक्नु भएको छ ।स्वास्थ्य र शिक्षामा निरन्तर योगदान गर्दै आएको नेपाल जर्नीले बिकटका बस्तीमा यस्तै सहयोगी कार्यक्रम लिएर पुग्ने उदेश्य रहेको नेपाल जर्नी नेपालका अध्यक्ष गोपाल भण्डारीले बताउनु भयो ।